आमोसको 
पुस्तक  
1
परिचय 
1 आमोसको वचन! आमोस तको देशको एकजना भेडा गोठालो थिए। यहूदाका राजा उज्जियाह र योआशाका छोरा इस्राएलका राजा यारोबाबेलको पालामा भुइँचालोको दुइ र्बष अघि इस्राएलको विषयमा आमोसले दर्शन पाएका थिए। 
अरामको निम्ति सजाए 
2 आमोसले भने, 
“परमप्रभु सियोनमा सिंह जस्तै गर्जनु हुनेछ। 
परमप्रभुको ठुलो गर्जन यरूशलेमबाट हुनेछ। 
यस समयमा गोठालाहरूको हरियो मैदान सुकनेछ। 
यहाँ सम्म की कर्मेलको टाकुरा समेत ओइलिनेछ।” 
3 तिनीहरुले धेरै अपराधहरू गरेको कारण, “म निश्चयनै दमीशकलाई दण्ड दिनेछु। किन? किनभने तिनीहरुले गिलाद का मानिसहरुलाई फलामको दाँदेले धुलोपारेको छ। 
4 यसकारण म हजाएलको घरमा आगो लगाई दिनेछु अनि त्यो आगोले बेनहददका पर्खालहरु भस्म पार्नेछ। 
5 “म दमीशकका बलिया ढोकाहरु पनि भाँचिदिनेछु। र आवेनको सिंहासनमा बस्ने मानिसलाई पनि नष्ट पारिदिनेछु। अनि बेथ-एदेनमा राजदण्ड लिने राजालाई पनि नष्ट पारिदिन्छु। अरामका मानिसहरु पराजित हुनेछन्। अनि उनिहरुलाई बन्दीबनाएर किर देशमा लगिनेछ।” यो सबै परमप्रभुले भन्नु भएको हो। 
पलिश्तीहरुले सजाय पाउनेछन् 
6 परमप्रभु भन्नुहुन्छ, “म गाजाका बासिन्दाहरुलाई उनीहरुले गरेको अपराध को विरूद्ध निश्चय नै सजाय दिनेछु। किन? किनभने उनीहरुले सम्पूर्ण देशको बासिन्दाहरुलाई कैद गरेर दासहरु बनाएर एदोमको हातमा सुम्पि दिए। 
7 यसकारण म गाजा देशको पर्खालहरुमा आगो लगाइदिनेछु। यो आगोले गाजा देशका सबै किल्लाहरु जलाइ दिनेछ। 
8 म अश्दोदबाट राज सिंहासनमा बस्ने मानिसलाई नष्ट गरिदिनेछु। म अश्कलोनबाट राजदण्ड लिने राजालाई पनि ध्वंश पारिदिनेछु, म, एक्रोन का मानिसहरुलाई सजाए दिनेछु। अहिले सम्म बाँचेका पलिश्तीहरु मर्नेछन्।” परमप्रभु परमेश्वरले यो सबै कुरा भन्नुहुन्छ। 
फनूशियालाई सजाय 
9 परमप्रभुले यी सबै कुरा भन्नुहुन्छ, “म यो सोरका मनिसहरुलाई तिनीहरुले गरेको अपराधका निम्ति निश्चय नै सजाय दिनेछु। किन? किनभने तिनीहरुले देशका सम्पूर्ण मानिसहरुलाई कैद गरी एदोम को दास बनाएर पठाई दिए। तिनीहरुले तिनीहरुको दाजु-भाइहरुसंग गरेको सम्झौताको सम्झना पनि गरेनन्। 
10 त्यस आगोले सोरको किल्लाहरु पनि ध्वंश पार्नेछ।” 
एदोमको निम्ति सजाए 
11 परमप्रभु भन्नुहुन्छ, “म एदोमका मानिसहरुलाई तिनीहरुले गरेको अपराधको निम्ति निश्चय नै सजाए दिनेछु। किन? किनकि एदोमले आफ्नो दाजु-भाइ इस्राएललाई पछाडिबाट तरवारले रोपेकोछ। एदोमले अलिकति पनि दया देखाएन। एदोम रिसाइ नै रह्यो अनि केहि पनि सहानुभुति देखाएनन्। ऊ जङ्गली जनावरहरु सरह लगातार इस्राएललाई च्यातिरह्यो। 
12 यसकारण म तेमानमा आगो लगाइदिनेछु। त्यो आगोले बोज्राको किल्लाहरु पनि ध्वंश पार्नेछ।” 
अम्मोनियाको निम्ति सजाए 
13 परमप्रभु भन्नु हुन्छ, “म अम्मोनका मानिसहरुलाई तिनीहरुले गरेका अपराधका निम्ति निश्चय नै दण्ड दिनेछु। किन? किनकि तिनीहरुले गिलादमा आफ्नोलागि अधिक जमीन प्राप्त गर्न गर्भवती महिलाहरुलाई मारे। 
14 यसकारण, अब म रब्बाको पर्खाल मा आगो लगाइ दिनेछु। यो आगोले रब्बाको अग्लो पर्खाल नष्ट पार्नेछ। कष्ट तिनीहरु माथि आँधी बेरी जस्तै तिनीहरुको देशमा आइपर्नेछ। 
15 त्यस समय तिमीहरु को राजा कैदमा पर्नेछ, राजा र भारदारहरु एकै साथ बन्दी बनाइनेछ।” परमप्रभुले यी सबै कुरा भन्नुभयो। 
