8
पाकेको फलको दर्शन 
1 परमप्रभुले मलाई यो देखाउनु भयो। मैले ग्रीष्म ऋतुमा पाकेको फलको डाला देखें। 
2 परमप्रभुले मलाई सोध्नु भयो, “आमोस तिमीले के देख्दैछौ?” 
मैले भने, “ग्रीष्म ऋतुमा पाकेको फलको एउटा डालो देखें।” 
तब परमप्रभुले मसँग भन्नु भयो, “मेरा मानिसहरु इस्रएलको अन्त आयो। म तिनीहरुको पापलाई अझ नदेखे झैं गर्न सक्तिनँ। 
3 अन्तिम समयमा परमप्रभुको भवनमा शोकपूर्ण गीतहरु गाइन्छ।” मेरा परमप्रभु मालिक भन्नुहुन्छ, “लाशहरु प्रत्येक ठाउँमा हुनेछन् र नीखतामा लाशहरु लगिनेछन्।” 
इस्राएलका व्यपारिहरु केवल पैसाको पछि लागिरहन मन पराउँछन् 
4 सुन! मानिसले असहाय मानिसलाई थिचोमिचो गर्छन्। 
तिमीहरुले यस देशको गरीबहरु नष्ट पार्न चाहन्छौ। 
5 हे व्यापारिहरु हो! तिमीहरु भन्दछौ, 
“औंसी कहिले बित्छ ता कि हामी 
गहुँ बेच्न सक्छौं। 
कहिले शाबाथ बित्ला 
र हामीले बेच्न शुरु गर्ने? 
तब हामीले खोटो तराजु प्रयोग गरेर 
ठग्न सक्छौ 
र हाम्रा ग्राहकहरुलाई धोका दिन सक्छौ। 
6 तिमीले आफैलाई भन्छौ, 
‘हामीले गरीबलाई चाँदीले किन्छौं 
अनि दरिद्रलाई 
एक जोडी जुत्ताले किन्छौं। 
हामी सडेको 
गहुँ पनि बेच्छौं।’ ” 
7 परमप्रभुले “याकूब गर्व” नामक आफ्नो नाम प्रयोग गर्नु भयो र शपथ लिनुभयो: 
“म उसको कर्म कदापि भुल्ने छैन। 
8 किनभने यी कार्यहरुको कारण सम्पूर्ण भूमि काम्नेछ। 
यस देशमा बस्ने प्रत्तेक मानिस 
मृत्यु भएको मानिसहरुको निम्ति रुनेछन्। 
मिश्रको नील नदी जस्तै सम्पूर्ण भूमि उठ्नेछ र तल झर्नेछ। 
भूमि यता उता फ्याँकिनेछ।” 
9 परमप्रभुले भन्नुभयो, 
“म सूर्यलाई मध्यदिनमा अस्ताउने बनाईदिनेछु 
अनि पृथ्वीको दिनको उज्यालोलाई अँध्यारो बनाईदिनेछु। 
10 म तिमीहरुको चाडको दिनहरुलाई शोक मनाउने दिनहरुमा 
र खुशीको सबै गीतहरुलाई दुःखको गीतमा परिवर्तन गरिदिनेछु। 
म तिमीहरुलाई वस्त्रहरु शोक लगाएका बनाउनेछु 
र टाउको खौराउनेछु। 
म तिमीहरुले जन्माएको 
एउटै मात्र छोरो मर्दा शोक गरे जस्तै परिदिन्छु 
अनि यो तिक्त दिन हुनेछ।” 
परमप्रभुको वचको एउटा डरलाग्दो अनिकाल आउँदैछ 
11 परमप्रभु भन्नुहुन्छ, 
“हेर, त्यो दिन नजिकै आउँदैछ 
जब म देशमा अनिकाल ल्याउँनेछु। 
मानिसहरु रोटी र पानीको निम्ति 
भोकाउने वा तिर्खाउने छैनन्। 
तर मानिसहरु परमप्रभुको वचनको निम्ति भोकाउने, तिर्खाउने छन्। 
12 तिनीहरु परमप्रभुको वचन सुन्नु देशमा मृत्य सागर देखि 
महासागर सम्म यता-उता जानेछन् 
अनि देशको उत्तर भाग देखि पूर्व सम्म, मानिसहरु 
परमेश्वरको वचनको निम्ति यता-उता गर्नेछ 
तर तिनीहरुले पाउने छैनन्। 
13 त्यस समय सुन्दर युवक र युवतीहरु 
तिर्खाले मुर्छा पर्नेछन्। 
14 तिनीहरुले सामरियाका मूर्तिहरुद्वारा शपथ खान्छन्, 
तिनीहरुले भन्छन्, ‘दानको मुर्तिहरुद्वारा 
अथवा बेर्शेबाको मुर्तिहरुद्वारा।’ 
तर यी मानिसहरु लडनेछन् 
र कहिल्यै पनि उठ्ने छैनन्।” 
