14
परमप्रभुतिर फर्क 
1 हे इस्राएल! तिम्रो पापले तिमीलाई धर्मराउने बनाएकोछ। यसैकारण अब परमप्रभु आफ्नो परमेश्वर तिर फर्केर आऊ। 
2 जुन कुरा तिमीले भन्नुछ, त्यसको विषयमा सोंच, अनि परमप्रभु तिर फर्केर आऊ, उहाँलाई भन, 
“हाम्रा सबै पापहरू टाढा गरेर, 
जे कुरा राम्रो छ त्यसलाई ग्रहण गर जुन हामीले भनिरहेकाछौ। 
हामी हाम्रो मुखले तपाईंको स्तुति गाउँछौ। 
3 अश्शूरले हामीलाई बचाउँन सक्तैंन। 
हामी घोडहरूमाथि सवार हुनेछैनौ। 
न त हामी आफ्नो हातले बनाएको कुरालाई 
‘हाम्रो परमेश्वर’ भन्नेछौ। 
किनकि बिना आमा बाबुका संतानहरूप्रति दया गर्ने 
केवल तपाईं मात्र हुनुहुन्छ।” 
परमप्रभुले इस्राएललाई क्षमा गर्नुहुन्छ 
4 परमप्रभु भन्नुहुन्छ, 
“उनीहरूले मलाई त्यागे। 
म उनीहरूलाई यसको निम्ति क्षमा दिन्छु। 
म उनीहरूलाई मुक्त भावले प्रेम गर्नेछु। म अब उनीहरू प्रति क्रोधित हुनेछैन। 
5 म इस्राएलको निम्ति शीत झैं बन्नेछु। 
इस्राएल लिली फूल झैं फुल्नेछ। 
लबानोन झैं त्यसको जरा फैलनेछ। 
6 त्यसका हाँगाहरू भद्राक्षको रूख झैं हुनेछन्। 
त्यो सुन्दर हुनेछ। 
त्यो त्यस सुगन्ध झैं हुनेछ 
जुन लबानोनको रूखको जराबाट आउँछ। 
7 इस्राएलका मानिसहरू फेरि मेरो संरक्षणमा हुनेछन्। 
तिनीहरू अन्न झैं बढ्नेछन्। 
तिनीहरू अङ्गुरका लहरा झैं फल्ने र फूल्ने छन। 
अनि तिनीहरूको सुगन्ध लबानोनको दाखरस जस्तै हुनेछ। 
परमप्रभुले इस्राएललाई मूर्तिको विषयमा चेतावनी दिनुभयो 
8 “हे एप्रैम मैले मूर्तिहरूसित गर्नुपर्ने बढी केही छैन। 
म नै एकजना हुँ जसले तिम्रो प्रार्थनाहरूको उत्तर दिन्छु। 
म नै एकजना हुँ जसले माथिबाट तिम्रो रक्षा गर्छु। 
म सधैं हरियो रहने सल्लाको रूख जस्तै हुँ। त्यसको फल मबाट नै आउँछ।” 
अन्तिम सल्लाह 
9 यी कुराहरू ज्ञानी मानिसले बुझ्नु पर्छ। 
यो कुराहरू कुनै बुद्धिमान मानिसले जान्नु पर्छ। 
परमप्रभुको बाटो ठीक छ। 
असल मानिसहरू तिनीहरूद्वारा बाच्छन। 
पापीहरू तिनीहरूद्वारा मर्छन्। 
