47
पलिश्ती मानिसहरूका बारेमा सन्देश 
1 यो सन्देश पलिश्ती मानिसहरूका बारेमा अगमवक्ता यर्मियालाई परमप्रभुबाट आयो। यो सन्देश फिरऊनले गाजा शहरमा आक्रमण गर्न अघि नै आएको थियो। 
2 परमप्रभु भन्नुहुन्छ: 
“हेर, शत्रुका सिपाहीहरू उत्तरमा भेला भइरहेकाछन्। 
तिनीहरू किनारमा छालले हिर्काउँदै उर्लेको नदी जस्तै आउनेछन्। 
तिनीहरूले बाढीले झैं सारा देश शहरहरू 
र त्यहाँ बस्ने मानिसहरू ढाक्नेछन्। 
त्यस देशका मानिसहरूले विलौना गर्नेछन् 
तथा गुहार माग्नेछन्। 
3 तिनीहरूले घोडाहरू दौडेको टापहरू सुन्ने छन्, 
तिनीहरूले रथहरू दौडाइएको तेज आवाजहरू सुन्नेछन्, तिनीहरूले चक्काको गुडुल्किएको आवाज सुन्ने छन्। 
बाबुहरू आफ्ना नानीहरू जोगाउन असमर्थ हुनेछन्। 
तिनीहरू अति नै कमजोर हुनेछन्। 
4 सोर अनि सिदोनलाई सहायता गर्न सक्ने 
त्यहाँ रहेका प्रत्येक जिउँदालाई टुक्राउनको लागि 
पलिश्तीलाई सर्वनाश पार्ने 
समय आएको छ। 
पलिश्तीहरू र कप्तोर टापुमा रहेका मानिसहरू सबैलाई 
परमप्रभुले ध्वंस गर्नु हुनेछ। 
5 गाजाका मानिसहरूले आफ्नो केश खौरन्छन्। 
अश्कलोनका मानिसहरू चूपचाप रहन्छन्। 
हे बेंसीमा बाँच्नेहरू हो! कहिलेसम्म तिमीहरू स्वयंलाई काट्नेछौ? 
6 “हे परमप्रभुको तरवार, तिमी मुक्त भएकै छैनौ। 
कहिले सम्म तिमी लडाइँ गरिरहेने छौ? 
आफ्नो छापभित्र फर्केर जाऊ। 
रोक शान्त हौ। 
7 तर कसरी परमप्रभुको तरवार शान्त हुनसक्छ? 
परमप्रभुले यसलाई आज्ञा दिनु भएको छ। 
उहाँले अश्कलोन र समुद्री किनारमा भएका 
शहरहरूलाई आक्रमण गर्नु आज्ञा दिनु भएको छ।” 
