4
व्यावस्था यरूशलेमबाट आउने छ 
1 अब पछिल्लो दिनमा परमप्रभुको मन्दिर, 
डाँडा चाँहि पहाडहरुमा सर्वोच्च बनाईने छ, 
अनि त्यो पहाडहरु भन्दा उच्च पारिने छ 
अनि अरू जातिहरु त्यसमा ओईरिएर आउनेछन्। 
2 धेरै मानिसहरु त्यहाँआएर भन्नेछन्, 
“आऊ हामी परमप्रभुको पहाड, याकूबको परमेशवरको मन्दिरमा जाउँ, 
र उहाँले हामीलाई आफ्नो मार्ग सिकाउँनु हुनेछ। 
हामीहरु उहाँको मार्गमा हिंड्नेछौं।” 
किनभने व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कने छन्। 
3 उहाँले देशमा बिभिन्न मानिसहरुका बीच इन्साफ गर्नु हुनेछ 
र टढा सशक्त सामर्थी जातिहरुको झगडाको फैसला गर्नु हुनेछ। 
तिनीहरुले आफ्ना तरवारहरु पिटेर हलोको फाली 
र भालाहरु चाँहि हँसिया बनाउनेछन्। 
जाति-जातिहरुले एक-अर्काको बिहरुद्धमा 
तरवार चलाउने छैनन्, 
न त तिनीहरुले कहिल्यै लडाईं गर्न सिकनेछन्। 
4 तर प्रत्येक मानिसहरु तिनीहरुको आ-आफ्नो दाखको बोट 
र नेभाराको बोट मुनि बस्नेछन्। 
कसैले तिनीहरुलाई डर देखाउने छैन। 
किनभने सर्वशक्तिमान परमप्रभु परमेशवरको मुखले नै यी कुराहरु भन्नु भएकोछ। 
5 सबै जातिका मानिसहरु चाँहि आ-आफ्नो देवताको नाउँमा हिंड्नेछन्। 
तर हामी चाँहि सदा-सर्वदै परमप्रभु हाम्रा परमेशवरको नाउँमा हिंड्नेछौं। 
राज्य फर्काएर ल्याइन्छ 
6 परमप्रभु भन्नुहुन्छ, 
“लङ्गडाहरुलाई म त्यसदिन जम्मागर्नेछु 
अनि धपाईएकाहरुलाई 
र तिनीहरु जसलाई मैले दण्ड दिएको थिएँ, 
म भेला गर्नेछु। 
7 “लङ्गडाहरुलाई एउटा बेचेको भाग 
र फ्याँकिएकाहरुलाई 
एउटा सामर्थी जाति तुल्याउनेछु।” 
तिनीहरुमाथि सियोनमा 
परमप्रभुले अब देखि 
सदा-सर्वदै राज्य गर्नुहुनेछ। 
8 अनि तिमी, हे एदेरका धरहरा, 
सियोनकी छोरीको डाँडा। 
पहिलेको शासक तिमीहरु कहाँ आउँनेछन् 
र यरूशलेमको छोरीको 
अधिराज्य कायमहुनेछ। 
जसरि पहिला थियो। 
किन यरूशलेम बेबिलोन जानै पर्छ? 
9 अब तिमी किन चिच्याई-चिच्याई रून्छ्यौ? 
के तिमी माथि राज्य गर्ने कुनै राजा छैनन्? 
के तिम्रो सल्लाहकार नष्ट भयो 
र प्रसववेदनामा परेकी स्त्रीलाई जस्तै तिमीलाई पीडाले सताएकोछ? 
10 हे सियोनकी छोरी, 
सुत्केरी वेदनामा परेकी आइमाईको पीडामा रोऊ। 
किनकि अब तिमी शहरबाट बहिर जानेछ्यौ 
र मैदानमा बस्नेछौ 
र माथि बाबेलमा जानेछ्यौ 
र त्यहाँ तिमी सुरक्षित रहनेछ्यौ। 
परमप्रभुले तिम्रा शत्रुको हातबाट 
तिम्रो उद्धार गर्नुहुनेछ। 
परमप्रभुले अन्य राज्यहरुलाई नाश गर्नुहुनेछ। 
11 अनि अब धेरै जातिहरु भेला भएर, तिम्रो बिरुद्ध भन्नेछन्, 
“त्यो अशुद्ध होस् र सियोनलाई 
हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।” 
12 तर तिनीहरुले परमप्रभुको बिचारलाई जान्दैनन्। 
न त तिनीहरु उहाँको युक्तिलाई बुझ्दछन्। 
किनभने उहाँले खलामा बिटाहरु जम्मागरे झैं 
तिनीहरुलाई जम्मा गर्नु भएकोछ। 
इस्राएलले त्यसको शत्रुहरुलाई पराजित गर्ने छ। 
13 “हे सियोन छोरी, उठ अनि दाइँ गर 
किनभने म तिम्रा सींङहरुलाई 
फलामको र तिम्रो खूरहरुलाई पीत्तलको बनाउनेछु। 
तिमीले धेरै जातिहरुलाई चूर-चूर पार्नेछौ 
र तिनीहरुको धन-सम्पत्ति 
सारा पृथ्वीका परमप्रभुमा अर्पण गर्नेछौ।” 
