34
कनानको सिमानाहरू 
1 परमप्रभुले मोशालाई भन्नुभयो, 
2 “इस्राएलका मानिसहरूलाई यो आदेश देऊः जब तिमीहरू कनान देशमा पस्नेछौ, तिमीहरूलाई दिइएको भूमिको सिमाना यस प्रकार हुनेछ। 
3 त्यस भूमिको दक्षिण तिर एदोमको नजीक सीन मरूभूमिको केही भाग रहनेछ। त्यस भूमिको दक्षिणी सिमाना खारा समुद्रको पूर्व भागबाट नै शुरू हुनेछ। 
4 यो सिमानाले अक्राबीमको दक्षिणी भाग नाघेर सीन मरूभूमि हुँदै यसको दक्षिण भागको सिमाना कादेश-वर्ने पर्नेछ। यस सिमानाले हसार अदूदार पुगेर आस्मोन नाघ्नेछ। 
5 सिमाना अस्मोनबाट मिश्र नदी तिर जानेछ र यो भूमध्य समुद्रमा गई टुङ्गिन्छ। 
6 यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो। 
7 अब आयो तिमीहरूको भूमिको उत्तरी सिमानाः यो सिमाना भूमध्य समुद्र हुँदै होर पर्वतसम्म जानेछ। 
8 होर पर्वतबाट उत्तरी सिमाना फैलिएर सोझो लेबो-हमात पुग्नेछ र त्यसपछि यो सदादसम्म फैलिएर जानेछ। 
9 तिमीहरूको उत्तरी सिमाना फैलिएर सिप्रोन सम्म गई हसर एनानमा टुङ्गिनेछ। 
10 तिमीहरूको देशको पूर्वीय सिमाना हसर-एनान देखि शपाम सम्म जानेछ। 
11 शपामबाट यो सिमाना ऐनको पूर्व भएर रिब्लासम्म जान्छ र पहाडबाट ओह्रालो हुँदै गालील समुद्रको* छेउ सम्म जानेछ। 
12 त्यसपछि सिमाना यर्दन नदी तिर फैलिंदै खारा समुद्रमा अन्त हुनेछ। तिमीहरूको भूमिको वरिपरिका सिमानाहरू यिनै हुन्।” 
13 यसर्थ मोशाले इस्राएलका मानिसहरूलाई यो आदेश दिए, “तिमीहरूले पाउने भूमि यही नै हो। तिमीहरूले आफ्नो नौं कुलहरू र मनश्शे कुलको आधा समूहहरू गरी साढे नौ कुलहरूमा चिठ्ठा गरेर भूमि वितरण गर्नेछौ। 
14 रूबेन, गाद आफ्नो निम्ति भूमिको हिस्सा लिई सके। 
15 ती अढाई कुलका समूहहरूले यर्दन नदी पूर्व यशीहोको नजीक आफ्नो निम्ति भूमि लिए।” 
16 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, 
17 “यी मानिसहरू पूजाहारी एलाजार अनि नूनका छोरो यहोशूले तिमीहरूलाई भूमि वितरणमा सहायता गर्नेछन्। 
18 प्रत्येक कुलसमूहबाट एकजना प्रमुखले पनि भूमि वितरण कार्यमा सहायता गर्ने छ। 
19 ती कुलसमूह नायकहरूको नाम यस प्रकार छः 
यहूदाको कुलबाट यपून्नेका छोरो कालेब, 
20 सिमोनको कुलबाट अम्मीहूदको छोरो शेमूएल, 
21 बिन्यामीनको कुलबाट किसलोनको छोरो एलीदाद, 
22 दानको कुलबाट योगीलीको छोरो बुक्की, 
23 यूसुफको सन्तानहरू, 
मनश्शे कुलबाट एपोदको छोरो हन्नीयल, 
24 यूसुफको छोरो एप्रैम कुलबाट सिप्तानको छोरो कमूएल, 
25 जबूलून कुलबाट पर्नाकको छोरो एलीशापन, 
26 इस्साकार कुलबाट अज्जानको छोरो पलतीयल, 
27 आशेरको कुलबाट शलोमीको छोरो अहीहूद, 
28 नप्तालीको कुलबाट अम्मीहूदका छोरो पदहेल।” 
29 इस्राएली मानिसहरूलाई भूमि वितरण कार्यमा परमप्रभुले यी मानिसहरूलाई नियुक्त गर्नुभयो। 
* 34:11  गालील समुद्रको अर्थात “किन्नरेत झीलको।”
