110
दाऊदको स्तुतिगान। 
1 परमप्रभुले मेरो प्रभुलाई भन्नुभयो, 
“जति बेला सम्म म तिम्रा शत्रुहरूलाई तिम्रो अधीनमा पार्दिन त्यस बेलासम्म मेरो दाहिनेपट्टि बस्।” 
2 परमप्रभुले तिम्रो राज्य बढाउनलाई सहयोग गर्नु हुनेछ। तिम्रो राज्य सियोनमा शुरूहुनेछ 
अनि यो त्यति बेलासम्म बढदै जानेछ जति बेलासम्म आफ्ना शत्रुहरूलाई आफ्नो शासन गर्नेछौ! 
3 जब तिमीले आफ्ना सैन्यहरूसँगै भेला गर्नेछौ 
तिम्रो मानिसहरू स्वयंसेवक हुनेछन्। 
तिनीहरूले आफ्नो विशेष पोशाकहरू लगाउनेछन्। 
अनि विहानै एका-अर्कासित भेट हुनेछ। 
ती युवा पुरूषहरू भूइँमा शीत परे जस्तै 
तिम्रो वरिपरि हुनेछन्। 
4 परमप्रभुले प्रतिज्ञा गर्नुभयो उ 
हाँले आफ्नो मन बद्लि गर्नुहुँदैन। 
“तिमी अनन्तको निम्ति 
मल्कीसेदेक जस्तै पूजाहारी हौ।” 
5 मेरो स्वामी तिम्रो दाहिनेपट्टि हुनुहुन्छ। 
जब उहाँ क्रोधित हुनुहुन्छ उहाँले अन्य राजाहरूलाई डराउनु हुनेछ। 
6 परमेश्वरले जाति-जातिहरूलाई न्याय गर्नुहुनेछ। 
धर्ती मृत शरीरहरूले ढाकिने छ। 
अनि परमेश्वरले शक्तिशाली जातिहरूका नेताहरूलाई दण्ड दिनु हुनेछ। 
7 राजाले बाटोमा झरनाको पानी पिउनु हुनेछु। 
त्यसपछि उहाँले टाउको उठाउनु हुनेछ। अनि बलियो* हुनु हुनेछ। 
* 110:7  बलियो यहाँ दुइवटा अर्थ लाग्दछ, (1) उनले पानी खाईसकेर टाउको उठाए, र (2) बलियो र महत्वपूर्ण मानिस भए।
