134
मन्दिर गइरहेको बेलाको भजन। 
1 परमप्रभुको प्रशंसा गर, हे सबै दासहरू हो! 
जसले रातभरि मन्दिरमा सेवा गरे। 
2 दासहरू हो, आफ्ना पाखुराहरू उठाऊ 
र परमप्रभुलाई धन्य हौ भन। 
3 परमप्रभुले सियोनबाट तिमीहरूलाई आशीर्वाद दिऊन। 
जसले, स्वर्ग र पृथ्वी सृजनु भयो। 
