142
यो उनी ओडारमा हुँदा खेरीको भजन। दाऊदको मस्किल भन्ने भजन-प्रार्थना। 
1 म परमप्रभुलाई मेरो सहयोगको लागि पुर्कादछु। 
म परमप्रभुलाई पुर्कादछु। 
2 म आफ्ना समस्याहरू परमप्रभुलाई भन्नेछु! 
म आफ्ना संकष्टहरू परमप्रभुलाई भन्नेछु। 
3 मेरो शत्रुहरूले मेरो लागि पासोहरू थापे। 
म त्याग्न तयार छु। 
तर परमप्रभुले मप्रति के हुन भन्ने कुरा जान्नुहुन्छ। 
4 मैले वरिपरि हेरें, 
अनि म मेरो कुनै पनि साथीहरूलाई हेर्दै हेर्दिन। 
मेरो भाग्ने ठाउँ कतै छैन। 
कसैले पनि मलाई बचाउने प्रयास गर्दैन। 
5 यसैले म परमप्रभुको साथ पाउनलाई रोइ-कराई गर्दछु। 
हे परमप्रभु, तपाईं मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ। 
परमप्रभु, तपाईं मलाई अनवरत बाँच्न दिनुहोस्। 
6 परमप्रभु, मेरो प्रार्थना सुनिदिनु होस्, 
मलाई तपाईंको अति खाँचो छ। 
मलाई खेदने ती मानिसहरूबाट बचाउनुहोस्, 
तिनीहरू मभन्दा पनि बलिया छन्। 
7 मलाई यस फन्दाबाट छुटकारा पाउनलाई सहायता दिनुहोस 
ता कि म तपाईंको नाउँको प्रशंसा गर्न सकूँ 
अनि धर्मी मानिसहरू मसँग मिलेर उत्सव मनाउने छन्। 
किनभने तपाईंले मलाई हेरचाह गर्नुहुन्छ। 
