146
1 परमप्रभुको प्रशंसा गरौं! 
मेरो प्राण, परमप्रभुको प्रशंसा गर! 
2 जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु 
जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु। 
3 साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर। 
किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्। 
4 मानिसहरू मर्दछन् र गाडिन्छन्! 
अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्। 
5 तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। 
ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्। 
6 परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। 
परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रच्नु भयो। 
परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ। 
7 दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ। 
परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो। 
कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो। 
8 परमप्रभुले अंन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। 
परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्। 
परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ। 
9 परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। 
परमप्रभुले विधुवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ 
तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ। 
10 परमप्रभुले सधैंको निम्ति राज्य गर्नुहुनेछ 
हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ। 
परमप्रभुको प्रशंसा गरौं। 
