28
दाऊदको भजन। 
1 हे परमप्रभु, तपाईं मेरो निम्ति चट्टान हुनुहुन्छ। 
म तपाईंलाई सहायताको निम्ति गुहारी रहेछु। 
मेरो प्रार्थनाहरूलागि कान नथुन्नुहोस्! 
यदि तपाईंले सहायताको निम्ति मेरो बिन्ती सुन्नु भएन भने, 
मानिसहरूले सोच्नेछन् म चिहानमा भएका मुर्दाहरूभन्दा हीन छु। 
2 हे परमप्रभु, म आफ्ना पाखुराहरू उचाल्दै तपाईंको खास पवित्र स्थानतर्फ प्रार्थना गर्छु। 
जब म बोलाउँछु मलाई सुनि दिनुहोस्। 
मप्रति दया दर्शाउनु होस्। 
3 हे परमप्रभु, मलाई ती दुष्ट मानिसहरू मध्येको नठान्नुहोस्। 
तिनीहरूले आफ्ना छिमेकीहरूलाई “शालोम”* शब्दसँग स्वागत गर्दछन, तर तिनीहरूको मनभित्र आफ्ना छिमेकीहरूको विरूद्ध अधर्म कामहरू गर्दछन्। 
4 हे परमप्रभु, ती मानिसहरूले अरूको निम्ति अहितकारी कामहरू गर्दछन्। 
यसैले अधर्म कुराहरू नै तिनीहरू तर्फ फर्काई दिनुहोस्। 
तिनीहरूका कुकार्यहरू अनुसार दण्ड दिनुहोस्। 
5 दुष्ट मानिसहरूले परमप्रभुको धार्मिक कार्यहरू बुझ्दैनन्। 
उहाँले के बनाउनु भएकोछ भनी तिनीहरू बुझ्दैनन्। 
परमप्रभुले तिनीहरूलाई दण्ड दिऊन् अनि सम्वृद्धिपूर्ण नबनाऊन्। 
6 परमप्रभुको प्रशंसा गर। 
उहाँले मेरो करूणाको प्रार्थना सुन्नुभयो। 
7 परमप्रभु मेरो शक्ति हुनुहुन्छ, उहाँ मेरो ढाल हुनुहुन्छ, 
म उहाँमाथि भरोसा गर्छु, 
म खुशी छु 
र उहाँको प्रशंसाको गीत गाउँछु। 
8 परमप्रभुले आफूले रोज्नु भएका प्रियजनलाई रक्षा गर्नुहुन्छ। 
परमप्रभुले उहाँलाई बचाउनु हुन्छ। परमप्रभु उसको शक्ति हुनुहुन्छ। 
9 हे परमेश्वर, आफ्ना मानिसहरूलाई रक्षा गर्नुहोस्। 
जो तपाईंका हुन, तिनीहरूलाई आशीर्वाद दिनु होस्। 
तिनीहरूको अनन्त अगुवाइ र सम्मान गर्नुहोस्। 
* 28:3  शालोम अर्थ हो “शान्ति” तर अभिवादन गर्दा “नमस्ते” मा पनि प्रयोग हुन्छ।
