43
1 हे परमेश्वर, एकजना मानिस छ, जो तपाईंका भक्तजन मध्ये एकजना होइन। 
त्यो मानिस दुष्ट छ र झूटो बोल्दछ। 
हे परमेश्वर, मेरो रक्षा गर्नुहोस्, अनि प्रमाण दिनु होस् कि म सही छु। 
मलाई त्यो मानिसबाट बचाउनु होस्। 
2 हे परमेश्वर, तपाईं मेरो सुरक्षा-स्थल हुनुहुन्छ, 
किन तपाईंले मलाई त्यग्नु भयो? 
किन तपाईंले मलाई देखाउनु भएन 
कि कसरी म मेरो शत्रुदेखि भाग्नु। 
3 हे परमेश्वर, तपाईंको ज्योति र सत्यता ममाथि चम्कोस, तपाईंको ज्योति अनि सत्यताले मलाई बाटो देखाओस्। 
तिनीहरूले मलाई तपाईंको पवित्र पर्वत अनि तपाईं बस्ने मन्दिरमा डोर्याउनेछन्। 
4 म परमेश्वरको वेदीमा जानेछु। 
हे परमेश्वर, म परमेश्वरकहाँ आउनेछु जसले मलाई अत्यन्तै खुशी बनाउँनु हुन्छ। 
हे परमेश्वर, हे मेरो परमेश्वर, 
म वीणा बजाएर परमेश्वरको प्रशंसा गर्छु। 
5 किन म यति साह्रो तल झरें? 
किन म यत्ति साह्रो विचलित छु? 
मैले परमेश्वरको सहायताको निम्ति पर्खनु पर्नेछ, 
म फेरि अझै पनि उहाँको प्रशंसा गर्न मौका पाउँछु, 
उहाँले मलाई बचाउनु हुन्छ। 
