65
प्रमुख संगीतकारलाई: दाऊदको एउटा स्तुतिगान। 
1 सियोनमा हुने परमेश्वर, म तपाईंको प्रशंसा गर्दछु। 
मैले वाचा गरेका कुराहरू तपाईंलाई दिनेछु। 
2 सबै मानिसहरू तपाईंकहाँ आउँछन् 
किनभने तपाईंले हाम्रो प्रार्थना सुन्नुहुन्छ। 
3 जब हाम्रा पापहरू यति विघ्न बोझिला हुन्छन् 
तब तपाईंले ती पापीहरू लैजानुहुन्छ। 
4 हे परमेश्वर, तपाईंले आफ्ना मानिसहरू छान्नु भएकोछ। 
तपाईंले हामीलाई तपाईंको मन्दिर आउनु र उपासना गर्नलाई छान्नु भएको छ। 
अनि हामी अत्यन्त खुशी छौं। 
तपाईंको घरमा, पवित्र मन्दिरमा हामी असल पदार्थहरू पाँउछौ र हामी सन्तुष्ट हुन्छौं। 
5 हे परमेश्वर, हामीलाई बचाउँनु होस्। 
धर्मी मानिसहरूले तपाईंलाई प्रार्थना गर्दछन् अनि तपाईंले उनीहरूको प्रार्थनाको जवाफ दिनुहुन्छ। 
तपाईंले उनीहरूको निम्ति अचम्म लाग्ने कार्यहरू गर्नुहुन्छ। 
संसारभरिका मानिसहरूले तपाईंलाई विश्वास गर्दछन्। 
6 परमेश्वरले आफ्ना शक्तिद्वारा पर्वतहरू बनाउनु भयो। 
हामीले उहाँका शक्तिहरू हाम्रा वरिपरी देख्छौ। 
7 परमेश्वरले कठोर समुद्रलाई शान्त पार्नुभयो। 
परमेश्वरले पृथ्वीमा मानिसको “समुद्र” बनाउनुभयो। 
8 संसार भरिका मानिसहरू तपाईंको आर्श्चयचकित कार्यहरू देखेर छक्कै परेकाछन्। 
सूर्योदय र सूर्यास्तले हामीलाई आनन्द दिन्छ। 
9 तपाईंले धर्तीको खुब ख्याल गर्नुहुन्छ 
तपाईं यसलाई पानीले सिंचनु हुन्छ र यसले थोकहरू उमार्दछ। 
परमेश्वर तपाईंले खोला-नालाहरू पानीले भर्नुभयो 
अनि त्यहाँको पानीले उप्जनी गराउँछ। 
10 तपाईंले खेतहरू रोप्नलाई पानी बर्साउनु भयो, 
तपाईंले खेतहरू पानीले चिसो पार्नुभयो 
अनि ताजा उद्भिद्हरू उमार्नु भयो। 
11 तपाईंले नयाँ-वर्ष सप्रेको फसलसँग शुरू गर्नुभयो। 
तपाईंले हाते-गाडी धेरै फसलहरूले भर्नुभयो। 
12 तपाईंले मरूभूमि र पहाडमा घाँसहरूले ढाक्नुभयो। 
13 चउरहरू भेंडाहरूले भरिएका छन्, 
बेंसीहरू अन्नले पुरिएका छन्। 
हरेक जना खुशीसँग गाईरहेछन्, कराईरहेका छन्। 
