70
प्रमुख संगीतकारलाई: मानिसहरूलाई सम्झना गराउन, दाऊदको भजन। 
1 हे परमेश्वर, मलाई बचाउनु होस्! 
हे परमेश्वर, मलाई सहायता गर्नलाई आत्तुरी गर्नुहोस्। 
2 मानिसहरूले मलाई मार्ने कोशिश गरिरहेछन्। 
तिनीहरूलाई असन्तुष्ट पार्नुहोस्। 
तिनीहरूलइ अपमानित पार्नुहोस्। 
मानिसहरू मप्रति अधर्म काम गर्न चाहन्छन्। 
तिनीहरूका पतन हुन्छ र लज्जित अनुभव गर्छन् भन्ने मलाई लाग्दछ। 
3 मानिसहरूले मलाई हाँसोको पात्र बनाए। 
ज-जसले मेरो निन्दा गरे जुन कुराको निम्ति तिनीहरू योग्य छन् तिनीहरूले त्यो पाउन सकुन्। 
4 ज-जसले तपाईंको उपासना गर्छन, 
तिनीहरू खुबै खुशी होऊन्। 
जसले तपाईंको मुक्तिलाई प्रेम गर्छन् 
सधैं तपाईंको प्रशंसा गरून्। 
5 हे परमेश्वर! म दीन-दुःखी र असहाय मानिस हुँ! 
हे परमेश्वर! चाँडो आएर मलाई बचाउनु होस्! 
हे परमेश्वर, तपाईंले मात्र मलाई बचाउन सक्नु हुन्छ! 
अझ विलम्ब नगर्नुहोस्! 
