8
प्रमुख संगीतकारलाई गित्तित रागमा गाउने दाऊदको भजन। 
1 हे परमप्रभु हाम्रो स्वामी! तपाईंको नाउँ समस्त पृथ्वीमाथि अत्यन्तै आर्श्चयपूर्ण छ। 
तपाईंको नाउँले स्वर्गमा चारैतिर तपाईंलाई प्रशंसा ल्याएको छ। 
2 साना केटाकेटी र दूधमुखे बालकहरूका मुखहरूबाट पनि तपाईंको महिमा र प्रशंसा सुनिन्छ। 
तपाईंले तिनीहरूलाई त्यस्तो शक्तिशाली गीतहरू दिनुभएकोछ, जसले तपाईंको सम्पूर्ण शत्रुहरूलाई चुप पारी दिन्छ। 
3 हे परमप्रभु, तपाईंले आफ्नो हातले बनाउनु भएको स्वर्ग 
अनि तपाईंले सृष्टि गर्नु भएका जुन र ताराहरू हेरेर म अचम्म मान्छु। 
4 किन मानिसहरू तपाईंका लागि महत्वपूर्ण छन्? 
किन तपाईंले तिनीहरूको सम्झना गर्नु हुन्छ? 
किन मानिसहरू तपाईंका लागि यति महत्वपूर्ण छन्? 
किन तपाईंले तिनीहरूलाई ध्यान दिनु हुन्छ? 
5 तर मानिसहरू तपाईंको लागि महत्वपूर्ण छन्! 
तिनीहरूलाई तपाईंले स्वर्गीय प्राणी(स्वर्गदूत)जस्तै बनाउनु भयो 
अनि तिनीहरूलाई महिमा र आदरको मुकुट पहिराउनु भयो। 
6 तपाईंले सिर्जना गर्नु भएका प्रत्येक थोकको अधिकारी तिनीहरूलाई बनाउनु भयो। 
तपाईंले प्रत्येक कुराको निम्ति तिनीहरूलाई अधिकार दिनुभयो। 
7 सबै मानिसहरूले भेंडा र गाई साथै सम्पूर्ण जङ्गली जनावरमाथि शासन गर्छन। 
8 तिनीहरूले आकाशमा उड्ने पंक्षी र समुद्रमा पौडिने हरेक जनावार 
र माछाहरूमाथि शासन गर्दछन्। 
9 हे परमप्रभु, हाम्रा स्वामी, सारा पृथ्वीमा तपाईंको नाउँ अत्यन्त आश्चर्यपूर्ण छ। 
