91
1 तिमी सर्वोच्च परमेश्वरकहाँ लुक्न जान सक्छौ। 
तिमी सर्वशक्तिमान् परमेश्वरकहाँ सुरक्षाको लागि जान सक्छौ। 
2 म परमप्रभुलाई भन्दछु, “तपाईं मेरो सुरक्षा र मेरो किल्ला हुनुहुन्छ। 
मेरो परमेश्वर, म तपाईंमाथि भरोसा गर्दछु।” 
3 परमेश्वरले तिमीलाई लुप्त विपदहरू 
र डरलाग्दो बिमारीहरूबाट जोगाउनुहुन्छ। 
4 तिमी सुरक्षाको लागि परमेश्वर कहाँ जान सक्छौ। 
उहाँले तिमीहरूलाई रक्षा गर्नुहुनेछ जसरी एउटा चराले आफ्ना पखेटाहरू फिंजाएर आफ्ना बच्चाहरूको सुरक्षा गर्दछ। 
परमेश्वर तिमीहरूका सुरक्षाका लागि ढाल र पर्खालहरू जस्ता हुनुहुन्छ। 
5 तिमीहरू राती व्यर्थमा डराउने कामै छैन 
अनि दिनमा पनि तिमी आफ्ना शत्रुहरूको काँडहरूसित डराउने छैनौं। 
6 तिमी राती चल्ने रूढीदेखि 
र दिउँसो क्षय गर्ने नाशदेखि डराउने छैनौ। 
7 तपाईंले एक हजार शत्रुहरूलाई परास्त गर्नु हुनेछ। 
तपाईंको आफ्नै दाहिने हातले दश हजार शत्रुका सेनाहरूलाई परास्त पार्नेछ। 
ती शत्रुहरूले तपाईंलाई छुँदैन पनि। 
8 हेर मात्र, अनि तिमीले देख्ने छौ 
ती दुष्ट मानिसहरू दण्डित भएको। 
9 किनभने तिमी परमप्रभुमा भरोसा गर्दछौ। 
तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायौ। 
10 तिमीलाई केही नराम्रो हुनेछैन। 
त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन। 
11 परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनु हुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जादा पनि रक्षा गर्नेछन्। 
12 तिनीहरूका हातहरूले तिमीहरूलाई पक्रनेछन्, 
त्यसैकारण तिमीहरूले आफ्नो खुट्टा ढुङ्गामा बजार्नु पर्दैन। 
13 तिमीहरूले सिंहहरूमाथि 
र विषालु सर्पहरूमाथि हिंड्ने शक्ति पाउनेछौ। 
14 परमप्रभु भन्नुहुन्छ, “यदि कुनै मानिसले ममा भरोसा गर्दछ भने, म उसलाई बचाउने छु 
जसले मेरो नाउँलाई उपासना गर्दछ म मेरो भक्तजनहरूलाई रक्षा गर्नेछु। 
15 मेरो भक्तजनहरूले सहयोगको निम्ति मलाई डाक्ने छन्। अनि म तिनीहरूलाई जवाफ दिने छु 
म तिनीहरूको दुःखको बेलामा साथ रहनेछु, 
म तिनीहरूलाई मुक्त गर्ने छु र सम्मान गर्ने छु। 
16 अनि मेरा भक्तजनहरूलाई दीर्घायु दिनेछु 
अनि तिनीहरूलाई बचाउनेछु।” 
