93
1 परमप्रभु राजा हुनुहुन्छ। 
उहाँले वैभवी अनि सामर्थ्यपूर्ण पोषाकहरू लगाउनु हुन्छ। 
उहाँ तयार हुनुहुन्छ यसैले सारा संसार सुरक्षित छ, 
यो नष्ट हुनेछैन। 
2 परमेश्वर, तपाईंको राज्य सर्वदा चल्ने छ। 
परमेश्वर, तपाईं अनन्त सम्म बाँच्नु भयो। 
3 हे परमप्रभु नदिहरूको आवाज अति गर्जनपूर्ण छ। 
जोडसँग आउने छालहरू गर्जनपूर्ण छन्। 
4 जोडसँग आउने समुद्रका छालहरू गर्जनपूर्ण र शक्तिशली छन् 
तर परमप्रभु तिनीहरूमाथि अझ शक्तिशाली हुनुहुन्छ। 
5 हे परमप्रभु, तपाईंको नियम सर्वदा चल्ने छ 
तपाईंको पवित्र मन्दिर धेरै कालसम्म रहनेछ। 
