95
विश्रामको दिनको निम्ति एउटा भजन-स्तुतिगान। 
1 आऊ, परमप्रभुको गुण-गान गरौं। 
चट्टान प्रति, ठूलो स्वरमा गुण-गान गरौं जसले हामीलाई बँचायो। 
2 परमप्रभु प्रति धन्यवादको गीत गाऊ। 
उहाँप्रति आनन्दमय प्रशंसाको गीत गाऊ। 
3 किनभने परमप्रभु नै महान् परमेश्वर हुनुहुन्छ! 
अन्य सारा “देवताहरू”लाई अधीनमा राख्ने उहाँ महान् राजा हुनुहुन्छ। 
4 गहिरो गुफाहरू र उच्च पहाड-पर्वतहरू परमप्रभुका सम्पत्ति हुन्। 
5 सागर उहाँकै हो उहाँले यो सृजना गर्नु भएको हो, 
परमेश्वरले आफ्नै हातले सुक्खा जमीनहरू बनाउनु भयो। 
6 आऊ, निहुँरिएर, उहाँको उपसना गरौं। 
जसले हामीलाई बनाउनु भयो उहाँ परमेश्वरको उपसना गरौं। 
7 उहाँ हाम्रो परमेश्वर हुनुहुन्छ 
अनि हामी उहाँका सन्तानहरू हौं। 
यदि हामीले उहाँको आवाज सुन्यौ भने, 
आज हामी उहाँका भेडा हौ। 
8 परमेश्वर भन्नुहुन्छ, “तिमीहरूले मरीबामाको जंङ्गलमा हुँदा झैं, 
अनि मस्साको मरूभूमिमा गरे झैं जिद्दी नगर। 
9 तिम्रा पिता-पुर्खाहरूले मलाई जाँच गरे, तिनीहरूले मलाई जाँचे, 
तर तिनीहरूले म के गर्न सक्थे भन्ने कुरा देखे। 
10 चालीस वर्षसम्म म ती मानिसहरू गन-गन सहेर बसें। 
अनि म जान्दथिएँ कि तिनीहरू आज्ञाकारी थिएनन्। 
तिनीहरूले मेरो शिक्षाहरू लिन अस्वीकार गरे। 
11 यसैले मेरो रीसमा तिनीहरू 
‘मेरो विश्रामको भूमिमा पस्ने छैनन’ भनी मैले प्रतिज्ञा गरें।” 
