2
1 म भञ्चयाङमा फुल्ने गुलाफ 
अनि बेंसीमा फुल्ने लिली फूल झैं छु। 
पुरूष बोल्छ 
2 हेर, प्रेमी अन्य स्त्रीहरूको माझ तिमी 
काँढाहरू माझमा फूलेकी लिली फूल झैं छौ। 
स्त्री भन्छिन् 
3 हे मेरा प्रिय अन्य पुरूषहरूको बीच तपाईं 
जङ्गलमा अन्य धेरै रूखहरू बीच स्याऊको बोट झैं छौ। 
ऊ स्त्रीहरूसित कुरा र्गछिन् 
म त्यो बोट मुनि बसेर आनन्द लिन चाँहन्छु 
अनि त्यसको फल अति स्वदिष्ट लाग्छ। 
4 मेरा प्रियले मलाई मधु शालाम ल्याउनु भयो 
र उहाँले म माथि राख्नु भएको संकेत उहाँको प्रेम हो। 
5 म प्रेम रोगी हुँ यसर्थ मलाई किसमिस 
र स्याऊहरू खुवाएर सजीव बनाउनु होस्। 
6 उहाँको देब्रे पाखुरा मेरो टाउको मुनी छ 
अनि दाइने हातले मलाई अँगालेको छ। 
7 हे यरूशलेमका तरूणीहरू! मुडुली मृग र हरिणहरूको नाउँमा प्रतिज्ञा गर। 
मसित प्रेम गर्न उत्तेजित नहौ, 
जबसम्म म यसको निम्ति तयारी हुँदिनँ। 
प्रेमिका फेरि बोल्छे 
8 मेरो प्रेमीकाको स्वर सुन! 
लौ हेर, उहाँ आउँनु हुँदैंछ, पहाडहरूमा उफ्रँदै 
अनि डाँडाहरूमा दगुर्दै। 
9 मेरा प्रेमी एउटा लघुमृग 
अथवा जवान मृग झैं हुनुहुन्छ। 
हेर, उहाँ हाम्रो पर्खाल पछाडी उभिनु भएको छ, 
झ्यालबाट हेरिरहनु भएकोछ, 
आँखी झ्यालबाट चियाइरहनु भएकोछ। 
10 मेरा प्रेमीले भन्नु भयो, 
“हे सुन्दरी, मेरी प्यारी उठ, 
कतै टाडा जाऊँ। 
11 हेर! हिउँद बित्यो, 
वर्षा काल पनि गई सक्यो। 
12 भूमिमा फूलहरू फूलिरहेकाछन्, 
चराहरूले गाउने समय आइसकेको छ। 
पृथ्वीमा ढुकुरहरू कुर्लिन थालिसके। 
13 नेभाराका चिचिलाहरू लाग्न थाल्यो, 
दाखका फूलहरूबाट वासना फैलिन थाल्यो। 
मेरी प्रियतमा उठ, 
हे मेरी सुन्दरी हिंड कतै टाढा जाऊँ।” 
पुरूष बोल्छ 
14 अग्लो चट्टानको गुफाहरूमा 
र पहाडहरू माथि लुक्ने मेरो ढुकुर, 
मलाई तिम्रो दर्शन देऊ, 
मैले तिम्रो स्वर सुन्नु पाउँ। 
कारण तिम्रो स्वर अत्यन्तै प्रिय लाग्छ 
अनि तिमी अत्यन्तै सुन्दरी छौ। 
ऊ स्त्रीहरूसित कुरा र्गछिन् 
15 हाम्रा निम्ति स्यालहरूलाई समातिदेऊ, 
किनभने ती साना स्यालहरूले 
हाम्रो दाखबारी नष्ट गरिदिन्छन् 
जो पूर्णरूपले फूलेकोछ। 
16 मेरा प्रेमी मेरा हुनु हुन्छ 
अनि म उहाँकी, 
मेरा प्रेमीले लिलीफूलहरू माझमा चाँडो बास गर्छन्। 
17 जबसम्म दिन बितेर 
छाँया लामो हुँदैन, 
फर्कि आऊ मेरा प्रेमी 
हरिण झैं बन अथवा मृगहरू झैं सुन्दर पहाडहरूमाथि। 
