101
दाऊदको भजन। 
1 म प्रेम र निष्पक्ष न्यायको गीत गाउनेछु। 
परमप्रभु, म तपाईंको निम्ति गाउने छु। 
2 म सतर्कतासाथ शुद्ध जीवन जिउनेछु। 
म मेरो घरमा शुद्ध प्रकारले जिउनेछु। 
परमप्रभु तपाईं मकहाँ कहिले आउनुहुनेछ? 
3 म आफू समक्ष कुनै मूर्तिहरू राख्ने छैन, 
म त्यस मानिसलाई घृणा गर्नेछु जो तपाईंको विरूद्ध जाँन्छ। 
म त्यस्तो गर्नेछैन! 
4 म ईमान्दार हुनेछु। 
म दुष्टपूर्ण कामहरू गर्नेछैन। 
5 यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, 
म त्यस मानिसलाई रोक्छु। 
आफूलाई घमण्ड गर्ने र अरू भन्दा म श्रेष्ठ छु भनेरसोच्नेहरूलाई 
म अनुमति दिनेछैन। 
6 म मानिसहरूलाई संसारभरि नै हेर्नेछु जसमाथि भरोसा गर्न सकिन्छ 
अनि तिनीहरूलाई मात्र मेरो सेवा गर्न दिन लाउने छु। 
खाली त्यस्ता मानिसहरू मात्र मेरो दासहरू हुन सक्छन् जो शुद्ध जिउँदछ। 
7 म मेरो घरमा झूटाहरू बस्न दिने छैन। 
म झूट बोल्नेहरूलाई आफू नजिक बस्न दिने छैन। 
8 यस देशमा बसिरहेका दुष्ट मानिसहरूलाई सँधै नाश गर्नेछु। 
परमेश्वरको शहरबाट जानलाई म ती सब दुष्टहरूलाई वाध्य पार्नेछु। 
