100
धन्यवादको भजन। 
1 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर। 
2 परमप्रभुको सेवामा खुशी हौ! 
खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ! 
3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। 
उहाँले हामीलाई रच्नु भयो 
अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं। 
4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। 
उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। 
उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ। 
5 परमप्रभु, भलो हुनुहुन्छ। 
उहाँको प्रेम अनन्त छ। 
हामी सदा सर्वदा उहाँमाथि भरोसा राख्न सक्छौं! 
