120
मन्दिर तर्फ गइरहेको बेलाको गीत वा भजन। 
1 म संकटमा थिएँ, 
मैले परमप्रभुको सहायता मागें। 
अनि उहाँले मलाई बचाउनु भयो! 
2 हे परमप्रभु, मलाई ती मानिसहरूबाट जोगाउनु होस् जसले मेरो बारेमा झूटो बोले 
ती मानिसहरूले भनेका कुराहरू सत्य थिएनन्। 
3 झूटो बोल्नहरु, तिमीहरूले के पाउँछौं भनेर सोच्यौ? 
जान्दछौ तिमीहरू आफ्नो झूटो कुराहरूबाट के पाउँछौ। 
4 सैनिकको तीखो बाणले 
र तातो कोइलाहरूले दण्ड दिनेछ। 
5 तिमी झूटा मानिसहरू, मोशा छेउमा बसिरहेका जस्तै यो 
केदारको पालहरूभित्र बसिरहेका छौ। 
6 म शान्ति घृणा गर्ने मानिसहरूसँग 
धेरै समय सम्म बसें। 
7 मैले भने म शान्ति चाहन्छु, 
यसकारण तिनीहरूले युद्ध चाहे। 
