121
मन्दिर तर्फ जाँदा दाऊदको भजन। 
1 सहायताको निम्ति म पहाडहरू तिर हेर्छु। 
तर मेरो सहायता कहाँबाट आउँछ? 
2 मेरो सहायता स्वर्ग र पृथ्वी सृजना गर्नुहुने 
परमप्रभुबाट आउँछ। 
3 परमेश्वरले पतनहुन दिनु हुनेछैन, 
तिम्रो संरक्षक निदाई जाने होइन। 
4 इस्राएल को रक्षा गर्ने निन्द्रालु हुनुहुन्न। 
परमेश्वर कहिल्यै निदाउनु हुन्न। 
5 परमप्रभु तिम्रो रक्षक हुनुहुन्छ, 
उहाँले आफ्नो महान् शक्तिद्वारा तिम्रो रक्षा गर्नुहुन्छ। 
6 तिमीलाई दिउँसो घामले 
अनि राती जूनले हानि पुराउँदैन। 
7 परमप्रभुले प्रत्येक संकटबाट तिम्रो रक्षा गर्नुहुन्छ। 
परमप्रभुले तिम्रो प्राणको रक्षा गर्नुहुन्छ। 
8 तिमी आउँदा र जाँदा परमप्रभुले रक्षा गर्नुहुनेछ। 
परमप्रभुले तिमीलाई अहिले र अनन्तसम्म सहयोग गर्नुहुनेछ! 
