122
मन्दिर तर्फ गइरहेको बेला दाऊदको भजन। 
1 म अत्यन्त खुशी थिएँ जब मानिसहरूले यसो भने, 
“परमप्रभुको मन्दिर तर्फ जाऊँ।” 
2 हामी यहाँ, यरूशलेमको प्रवेशद्वारमा उभिरहेकाछौं। 
3 यो नयाँ यरूशलेम हो! 
एक संयुक्त शहर जस्तो यो शहर फेरि निर्माण गरियो। 
4 त्यही ठाउँ हो जहाँ परिवार समूहहरू जान्छन्। 
परमप्रभुको नाउँको स्तुति-गान गर्नलाई इस्राएल का मानिसहरू त्यहाँ जाँदछन्। 
5 दाऊद परिवारका राजाहरूले त्यहाँ तिनीहरूको राज सिंहासन बनाए। 
तिनीहरूले मानिसहरूको न्याय गर्न राज सिंहासन त्यहाँ बनाए। 
6 यरूशलेममा शान्तिको निम्ति प्रार्थना गर। 
“जसले तपाईंलाई प्रेम गर्दछ उसले शान्ति पाओस्। 
7 तपाईंको पर्खालहरूभित्र शान्ति छाओस्। 
म आशा गर्दछु त्यहाँ तपाईंको भवनहरूको सुरक्षा हुनेछ।” 
8 मेरो दाज्यू-भाइ र छिमेकीहरूको हितार्थ, 
म यहाँ शान्ति छाओस् भनेर त्यहाँ प्रार्थना गर्दछु। 
9 हाम्रा परमप्रभु परमेश्वरको मन्दिरको निम्ति, 
म प्रार्थना गर्छु कि राम्रो कुराहरू यस शहरमा होऊन्। 
