123
मन्दिरतिर गइरहेको बेलाको भजन। 
1 हे परमेश्वर, म माथि हेर्छु र तपाईंलाई प्रार्थना गर्छु। 
तपाईं राजा सरह स्वर्गमा विराजमान हुनुहुन्छ। 
2 दासहरू आफ्ना आवश्यकताको निम्ति उनीहरूको स्वामीमाथि भर पर्दछ, 
दासीहरू आफ्ना मालिक्नीहरू माथि भर पर्छन्, 
तर हामी परमप्रभु हाम्रा परमेश्वर माथि भर पर्छौं, 
र उहाँबाट दया पर्खिरहन्छौं। 
3 हे परमप्रभु, हामीमाथि तपाईंको दया रहिरहोस, 
किनभने हामी धेरै समय सम्म निन्दित भएका छौ। 
4 हामीले धेरै समयदेखि ती घमण्डी मानिसहरूबाट निन्दित भइरहेका छौं। 
जसले हामीलाई हाँसो उडाउँछन् र अनादर गर्छन्। 
