124
दाऊद मन्दिर गइरहेका बेलाको भजन। 
1 मलाई जवाफ देऊ, इस्राएल हामी माथि कस्तो घटना घट्ने थियो होला। 
यदि परमप्रभु हाम्रो पक्षमा नभई दिएको भए? 
2 जब मानिसहरूले हामीलाई आक्रमण गरे 
त्यस समय यदि परमप्रभु हाम्रो पक्षमा नभएको भए के हुने थियो? 
3 हाम्रा शत्रुहरूले हामीलाई जिउँदै निल्ने थिए, 
जब तिनीहरू हामीमा क्रोधित हुनेगर्थे। 
4 हाम्रो शत्रुहरूका सैनिकहरूले 
हामीलाई बाढीले बगाए झैं 
र नदीले हामीलाई डुबाए झैं पार्ने थिए। 
5 ती अंहकारी मानिसहरू हाम्रा मुख-मुख सम्म उठूने पानी भए 
हामीलाई डुबाउने थियो। 
6 परमप्रभुको प्रशंसा गर! 
हाम्रा शत्रुहरूले हामीलाई पक्रन र मार्न परमप्रभुले कदापि दिनुहुन्न। 
7 हामी जालमा फस्न पुगेका चरा जस्तै छौ अथवा यस्तो भएर मुक्ति पाएका छौं। 
जाल फाट्यो अनि हामी मुक्त भयौ! 
8 हाम्रो निम्ति सहायता परमप्रभुबाट आउँदछ। 
परमप्रभुले आकाश र पृथ्वी बनाउनु भयो! 
