125
यात्राको गीत। 
1 मानिसहरू जसले परमप्रभुमाथि भरोसा राख्दछन् तिनीहरू सियोन पर्वत जस्तो हुनेछन्। 
तिनीहरू कहिल्यै पनि हल्लिने छैनन। 
तिनीहरू सदा-सर्वदा रहनेछन्। 
2 पर्वतहरू सारा यरूशलेम वरिपरि छन्। 
अनि परमप्रभु आफ्ना मानिसहरूको वरिपरि हुनुहुन्छ, उहाँले आफ्ना मानिसहरूलाई सर्व-काल रक्षा गर्नुहुनेछ। 
3 दुष्ट मानिसहरूले धर्मी मानिसहरूको देशलाई अधीन गर्न कहिल्यै सक्दैन। 
यदि त्यस्तो भयो भने, असल मानिसहरूले पनि अनुचित कामहरू गर्न थाल्दछन्। 
4 हे परमप्रभु, धर्मी मानिसहरू प्रति हितकारी बन्नुहोस। 
पवित्र हृदय भएकाहरू प्रति हितकारी बन्नुहोस्। 
5 दुष्ट मानिसहरूले कपटपूर्ण कामहरू गर्दछन्। 
परमप्रभुले ती दुष्टहरूलाई दण्ड दिनुहुनेछ। 
त्यहाँ इस्राएल मा शान्ति छाओस्! 
