126
मन्दिरमा गइरहेको बेलाको भजन। 
1 जब हामीलाई परमप्रभुले एकपल्ट फर्काएर ल्याउनु हुन्छ 
त्यो हाम्रो लागि सपना जस्तै लाग्नेछ! 
2 हामी हर्षोल्लासले हाँसिरहेको हुने छौ र खुशीका गीतहरू गाउने छौ! 
अन्य सम्प्रदायका मानिसहरूले भन्नेछन्, 
“परमप्रभुले इस्राएल का मानिसहरूका निम्ति अद्भूत काम गर्नुभयो।” 
3 हो, हामी अत्यन्त खुशी हुनेछौं 
यदि परमप्रभुले हाम्रो लागि त्यस्तो आश्चर्यजनक काम गरिदिनु हुन्छ भने। 
4 परमप्रभु, हामीलाई फेरि एकपल्ट स्वतंत्र पार्नुहोस, 
जसरी झरना र बग्दा पानीले एकपल्ट मरूभूमि भरिनेछ। 
5 एकजना मानिस उदास हुन सक्ला जब उसले बीजहरू छर्दछ। 
तर त्यो खुशी हुनेछ जब बाली उठाउने समय आँउछ। 
6 त्यो रून पनि सक्ला जब बीजहरू उसले खेत तर्फ बोकेर लैजादछ, 
तर त्यो खुशी हुनेछ जब उसले फसल काटेर ल्याउँछ। 
