127
सुलेमानले रचेको, मन्दिर तर्फ जाँदैगर्दा गाएको भजन। 
1 यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने। 
घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्। 
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने 
प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्। 
2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर 
राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो। 
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू 
मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ। 
3 शिशुहरू परमप्रभुकै उपहार हुन्। 
आमाको शरीरबाट पुरस्कार हो। 
4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू 
सिपाहीको तरकसको काँडहरू जतिकै हुन्। 
5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ, 
त्यो अत्यन्तै खुशी हुनेछ। 
त्यो मानिस कहिल्यै परास्त हुने छैन। 
उसको छोराहरूले उसलाई जनसमूह समक्ष उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्। 
