128
मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान। 
1 परमप्रभुको सबै भक्तजनहरू खुशी छन्। 
ती मानिसहरू परमप्रभुले रूचाएको तरिकामा बस्दछन्। 
2 तिमीले गरेको कार्यको निम्ति तिमी खुशी हुनेछौ। 
तिमी खुशी हुनेछौ, अनि हितकारी कुराहरू तिमी तिर घट्नेछन्। 
3 घरमा, तिम्री पत्नी अङ्गुरको विरूवा जस्तो फलधायक हुनेछ। 
तिम्रा छोरा-छोरीहरू टेबल वरिपरि, तिमीले रोपेको फलदायक जैतूनको झ्याङ्गहरू झैं हुनेछन्। 
4 परमप्रभुले आफ्ना भक्तजनहरूलाई यस्तै प्रकारले साँचो रूपमा आशीर्वाद दिनुहुनेछ। 
5 सियोनबाट परमप्रभुले तिमीलाई आशीर्वाद दिऊन्। 
तिमीहरूको जीवनभरि यरूशलेममा आशीर्वादको आनन्द उपभोग गर्न सक। 
6 अनि भरोसा गर्दछु कि तिमीहरू आफ्ना नाति-पनातिहरू जन्मञ्जेल सम्म बाँच्नेछौ। 
इस्राएल मा शान्ति कायम रहोस्! 
