129
मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान। 
1 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए। 
इस्राएल ती शत्रुहरूको बारेमा हामीलाई बताऊ। 
2 मेरो जीवनकालमा प्रशस्त शत्रुहरू छँदै थिए 
तर तिनीहरूले कहिल्यै जितेनन्। 
3 तिनीहरूले मेरो ढाडमा गहिरो चोट नपरूञ्जेल सम्म मलाई कुटे। 
धेरै समय सम्म मेरो गहिरो घाउ थियो। 
4 तर असल परमप्रभुले डोरीहरू काटीदिनु भयो 
अनि ती दुष्टहरूबाट मलाई छुटकारा दिनुभयो। 
5 मानिसहरू जसले सियोनलाई घृणा गर्छन्, तिनीहरू परास्त होऊन्। 
तिनीहरू लडाइँ गर्न छाडेर भागुन्। 
6 ती मानिसहरू छानामा भएको घाँसहरू जस्ता थिए। 
ती घाँसहरू बढ्ने अगावै ओइलएर गए। 
7 काम गर्ने मानिसले एकमुट्ठी घाँस त्यहाँबाट पाउन सक्तैन। 
एक थुप्रो अन्नको निम्ति पनि प्रशस्त हुँदैन। 
8 तिनीहरूको नजिकैबाट गइरहेको मानिसहरूले यसो भन्ने छैनन्, 
“परमप्रभुको आशीर्वाद तिमीहरूमा रहोस्।” 
मानिसहरूले तिनीहरूलाई भन्ने छैनन्, “हामी तिमीहरूलाई परमप्रभुको नाउँमा आशीर्वाद दिनेछौं।” 
