130
मन्दिर तर्फ जाँदैगर्दा गाएको स्तुतिगान। 
1 हे परमप्रभु, म गहीरो संकटमा छु। 
यसैकारण म तपाईंलाई गुहार मान्छु। 
2 मेरो स्वामी! मलाई ध्यान दिनु होस्। 
मेरो गुहार प्रति ध्यान दिनु होस्। 
3 परमप्रभु, यदि तपाईंले मानिसहरूलाई उनीहरूका पापहरूका लागि दण्ड दिनुहुन्छ भने, 
कुनै मानिस पनि जिउँदो हुने थिएन। 
4 परमप्रभु, तपाईंका मानिसहरूलाई क्षमा गरिदिनु होस्, 
त्यसपछि त्यहाँ तपाईंलाई पूज्ने मानिसहरू हुनेछन्। 
5 म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, 
मेरो आत्माले उहाँलाई पर्खिन्छ, 
परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु। 
6 म मेरो स्वामीलाई पर्खिरहेछु। 
म एकजना पहरेदार जस्तै छु,जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ। 
7 हे इस्राएल, परमप्रभुमाथि भरोसा गर। 
स्नेहपूर्ण करूणा परमप्रभुसँग मात्र पाउन सकिन्छ। 
परमप्रभुले घरिघरि हामीलाई बचाउनु हुन्छ। 
8 अनि परमप्रभुले इस्राएल वासीहरूका सारा पापहरूलाई क्षमा गरिदिनु हुन्छ। 
