131
यात्रा स्तुतिगान, दाऊदको भजन। 
1 हे परमप्रभु, म अंहकारी छैन। 
म आफूलाई महत्व दिने काम गर्दिन। 
म महानकार्य गर्ने कोशिश गर्दिन 
म ती कठिन-कार्यहरूको जुन कार्यहरू गर्नु मेरो निम्ति असम्भव छ। 
2 म चुपचाप छु, मेरो प्राण शान्त छ। 
आमाको काखमा भएको एक सन्तोषी बालक जस्तो 
मेरो प्राण चुपचाप र शान्त छ। 
3 हे इस्राएल वासी, परमप्रभुमाथि भरोसा गर। 
उहाँलाई अहिले भरोसा गर अनि उहाँलाई सधैं भरोसा गर! 
