137
1 हामी बाबेल नदीहरूका किनारमा बसेर 
सियोनलाई सम्झेर रोयौ। 
2 हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ। 
3 बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने। 
तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने, 
तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने। 
4 तर कसरी विदेशमा हामीहरू 
परमप्रभुका गीतहरू गाउन सक्छौं? 
5 हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए, 
मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ। 
6 यरूशलेम यदि मैले तिमीलाई भुलेको भए 
तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्। 
म कसम खाँन्छु, 
म तिमीलाई कहिलै भुल्ने छैन। 
7 म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ। 
हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्। 
तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार, 
त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।” 
8 हे बेबिलोन, तिमी नाश हुनेछौ! 
त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ जुन दण्डको निम्ति तिमी योग्य थियौ। त्यस पुरूषलाई धन्यवाद देऊ जसले तिमीलाई कष्ट दियो जसरी तिमीले हामीलाई कष्ट दियौ। 
9 त्यस मानिसलाई धन्यवाद देऊ 
जसले तिमीहरूका शिशुहरू समाते र तिनीहरूलाई ढुङ्गामा थेचारे। 
