149
1 परमप्रभुको प्रशंसा गर। 
परमप्रभुले रच्नु भएको नयाँ कुराहरूको बारेमा नयाँ गीत गाऊ! 
महासभामा उहाँको प्रशंसा गर जहाँ उहाँका चेलाहरू आपसमा भेला हुँदछन्। 
2 इस्राएल का मानिसहरूले आफ्नो सृष्टिकर्त्तामा आनन्द होऊन्। 
सियोनका मानिसहरू आफ्ना राजा सहित प्रफुल्लित होऊन्। 
3 ती मानिसहरूले नाच्दै खैंजडी र वीणाहरू बजाँउदै 
परमप्रभु परमेश्वरको प्रशंसा गरून्। 
4 परमप्रभु उहाँका मानिसहरूसँग खुशी हुनुहुन्छ। 
परमेश्वरले आफ्ना नम्रहरूको लागि आश्चर्यजनक कामहरू गर्नुभयो। 
उहाँले तिनीहरूलाई बचाउनु भयो! 
5 हे परमेश्वरका चेलाहरू, आफ्नो विजयमा प्रफुल्लित होऊ! 
सुत्न गइसके पश्चात् पनि सुखी होऊ। 
6 मानिसहरूले चिच्याउँदै, कराउँदै परमप्रभुको प्रशंसा गरून् 
अनि आफ्ना तरवारहरू हातमा लिऊन्। 
7 आफ्ना शत्रुहरूलाई सजाई दिन तिनीहरूलाई जान देऊ। 
ती मानिसहरूलाई दण्ड दिन, तिनीहरूलाई जान देऊ। 
8 परमेश्वरका मानिसहरूले ती राजा र प्रमुख मानिसहरूलाई 
साङ्गलाले बाँध्नेछन्। 
9 परमेश्वरका मानिसहरूले तिनीहरूलाई दण्ड दिनेछन् 
परमेश्वरले गर्नु भएको आज्ञा जस्तै परमेश्वरका सारा भक्तजनहरूले उहाँलाई सम्मान गर। 
परमप्रभुको प्रशंसा गर! 
