150
1 परमप्रभुको प्रशंसा गर! 
परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर! 
उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर! 
2 परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर। 
उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर! 
3 नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर! 
वीणाहरू बजाएर उहाँको प्रशंसा गर। 
4 खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। 
तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। 
बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर! 
5 झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर! 
झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर! 
6 प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर। 
परमप्रभुको प्रशंसा गर! 
