15
दाऊदको भजन। 
1 हे परमप्रभु, तपाईंको पवित्र पालमा को बस्न सक्छ? 
तपाईंको पवित्र पर्वतमा को चढ्न सक्छ? 
2 केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ। 
जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ। 
3 यस्तो मानिसले अरूको विषयमा खराब बोल्दैन। 
उसले आफ्नो छिमेकीको विरूद्धमा नराम्रो गर्दैन। 
उसले आफ्ना परिवारका मानिसहरूको विषयमा लज्जाजनक कुराहरू गर्दैन। 
4 त्यो मानिसले तिनीहरूलाई अस्वीकार गर्छ 
जसले परमेश्वरलाई घृणा गर्छ। 
तर उसले तिनीहरूलाई सम्मान गर्छ जसले परमप्रभुलाई आदर गर्छ। 
यस्तो मानिसले आफूलाई हानि गराएर पनि आफ्नो प्रतिज्ञा कायम राख्छ। 
5 उसले कसैलाई ऋण दिन्छ 
तर ब्याज लिंदैन। 
अनि निर्दोष मानिसहरूलाई नोक्सान पार्न घूस लिंदैन। 
यदि ऊ कुनै असल मानिस जस्तै बाँच्छ भने 
ऊ सदा परमेश्वरको नजिक हुनेछ। 
