14
प्रमुख संगीरकारलाई, दाऊदको भजन। 
1 मूर्ख मानिसले मात्र आफ्नो हृदयमा भन्छ, “ईश्वर छैन।” 
मूर्ख मानिसहरूले अनैतिक र घिनलाग्दा कामहरू गर्छन्। 
ती मध्ये एउटा पनि राम्रो काम हुँदैन। 
2 परमप्रभुले ज्ञानी मानिसहरू कोही छन् भनेर 
स्वर्गबाट तल हेर्नुहुन्छ। 
ज्ञानी मानिसहरूले सहयोगको निम्ति परमेश्वरलाई पुकार्छन्। 
3 तर सबै मानिसहरू परमेश्वरबाट विमुख भएर टाढिए 
र दुष्ट भइसके। 
कुनै एकजना मानिसले पनि 
राम्रो काम गरेको छैनन्। 
4 दुष्ट मानिसहरूले मेरो प्रियजनहरूलाई नष्ट गरिसके अनि ती दुष्ट मानिसहरू परमेश्वरको विषयमा जान्दैनन्। 
दुष्ट मानिसहरूका लागि खानलाई प्रशस्त खाद्य छ, 
तर पनि तिनीहरूले परमप्रभुलाई सम्मान गर्दैनन्। 
5 दुष्ट मानिसहरू प्रशस्त भयबोधले ग्रस्त छन्। 
किनभने ती गरीब मानिसहरू परमप्रभु परमेश्वरका भक्तजनहरू हुन्। 
6 दुष्ट मानिसहरूले ती गरीब मानिसहरूबाट कुनै सल्लाह लिन मान्दैनन्। 
तर परमेश्वर सधैं ती असल मानिससँग हुनुहुन्छ। 
7 सियोनमा इस्राएल लाई बचाउने को छ? 
परमेश्वर बाहेक कोही पनि छैन! 
परमप्रभुका मानिसहरूलाई लगियो अनि कैदी बनाइयो। 
तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई फर्काएर ल्याउनु हुनेछ, 
तब याकूब (इस्राएल ) खुशी हुनेछ। 
