13
प्रमुख संगीतकारलाई दाऊदको भजन। 
1 हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? 
के मलाई सदाको लागि बिर्सनु हुन्छ? 
कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?* 
2 कहिलेसम्म म अन्योलमा परूँ, 
कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? 
कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्? 
3 हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! 
मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु। 
4 यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!” 
यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ। 
5 हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। 
तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो! 
6 म परमप्रभुको लागि सुखको गीत गाउने छु, 
किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ। 
* 13:1  कहिलेसम्म … तिरस्कार गर्नुहुन्छ अथवा कहिले सम्म तपाईंले आफ्नो अनुहार मदेखी लुकाउनु हुन्छ।
