12
प्रमुख संगीतकारलाई, शेमिनिथ रागमा बजाइने दाऊदको भजन। 
1 हे परमप्रभु मलाई बचाउनु होस्! 
अब धार्मिक मानिसहरू छैनन्। 
त्यहाँ पृथ्वीमा रहेका मानिसहरूमा कोही पनि साँच्चो विश्वासी रहेनन्। 
2 मानिसहरूले आफ्ना छिमेकीहरूलाई असत्य कुराहरू भन्छन्। 
प्रत्येक मानिसले आफ्ना छिमेकीहरूलाई झूट बोलेर चिप्लो घस्छन्। 
3 परमप्रभुले ती झूट बोल्ने ओंठहरू काटी दिनु हुन्छ। 
परमप्रभुले ती ठूल-ठूला कुराहरूको घमण्ड गर्नेहरूको जिब्रो काटिदिनु हुन्छ। 
4 ती मानिसहरूले भन्छन्, “हामी ठीक असत्य कुरा गर्नेछौं 
अनि त्यो अत्यन्त मुख्य हुँदछ। 
के भन्नु पर्ने हामी जान्दछौं, 
यसैले हाम्रो कोही पनि स्वामी छैनन्।” 
5 तर परमप्रभु भन्नुहुन्छ, 
“दुष्टहरूले गरीबहरूबाट केही थोकहरू चोरेका छन्, 
तिनीहरूले असहाय मानिसहरूबाट चीजहरू लिएका छन् 
तर म ती असहाय मानिसहरूको 
पक्ष लिएर लडाइँ गर्नेछु।” 
6 परमप्रभुका वचनहरू सत्य र शुद्ध छन्। 
तातो आगोमा बिलाएको चाँदी जस्तो, 
तिनीहरू सातपल्ट सम्म गालेका शुद्ध चाँदी जस्ता शुद्ध छन्। 
7 हे परमप्रभु, असहाय मानिसहरूको रेख-देख गर्नुहोस्। 
तिनीहरूलाई अहिले र सधैंभरिका लागि सुरक्षा दिनु होस्। 
8 ती दुष्ट मानिसहरू महत्वपूर्णका हूँ भनी अभिनय गर्छन्। 
तर वास्तवमा, तिनीहरू ती गर-गहना जस्तै हुन् जो महङ्गो देखिन्छ तर वास्तवमा एकदमै सस्तो हुन्छ। 
