3
यो आफ्ना छोरो अब्शालोमदेखि भागेर जाँदा दाऊदको भजन हो। 
1 हे परमप्रभु, मेरा शत्रुहरू धेरै छन्। 
धेरै मानिसहरू मेरो विरूद्ध उभिएका छन्। 
2 धेरै मानिसहरूले मेरो विषयमा कुरा गर्छन्। 
तिनीहरू भन्छन्, “परमेश्वरले उसलाई बचाउनु हुन्न।” 
3 तर, हे परमप्रभु, तपाईं मेरो ढाल हुनुहुन्छ। 
परमप्रभु तपाईं मेरो आदर हुनुहुन्छ। 
तपाईंले मलाई महान् बनाउनु भयो। 
4 म परमप्रभुलाई प्रार्थना गर्नेछु 
र उहाँले मलाई आफ्नो पवित्र-पर्वतबाट उत्तर दिनुहुनेछ। 
5 म ढल्केर आराम गर्न सक्छु, अनि जान्दछु म उठ्ने छु। 
किनभने परमप्रभुले मलाई ढाक्नु र रक्षा गर्नुहुन्छ! 
6 मेरो वरिपरि हजारौं सिपाहीहरू हुनष्ठ्व सक्लान्, 
तर म ती शत्रुहरूदेखि डराउने छैन! 
7 हे परमप्रभु, उठ्नु होस्! 
हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्! 
यदि तपाईंले मेरो दुष्ट शत्रुहरूको गालामा हिर्काउनु मात्र भयो भने 
तपाईंले तिनीहरूका सबै दाँत झारि दिनु हुनेछ। 
8 हे परमप्रभु, विजय तपाईंको हो! 
आफ्ना मा निसहरू प्रति कल्यानकारी हुनुहुन्छ। 
