4
प्रमुख संगीतकारको लागि। तार भएको बाजासहित (वीणा-वाद्य) दाऊदको भजन। 
1 हे मेरो धार्मिक परमेश्वर, जब म प्रार्थना गर्दछु 
मलाई जवाफ दिनुहोस्। 
मेरो प्रार्थना सुन्नुहोस् र ममाथि कृपा राख्नु होस्! 
मेरो सम्पूर्ण कष्टहरूदेखि मलाई मुक्ति दिनुहोस्! 
2 हे मानिसहरू हो! मेरो विषयमा कहिलेसम्म दुष्ट कुराहरू गरिरहन्छौ? 
मेरो विषयमा तिमीहरूले फेरि नयाँ झूटा कुराहरू खोजिरहेका छौ। 
त्यस्ता झूटा कुराहरू भन्न गर्न तिमीहरू मन पराउँछौ। 
3 तिमीहरूलाई थाहा छ परमप्रभुले आफ्ना धार्मिक मानिसहरूको कुरा सुन्नु हुन्छ। 
यसकारण जब म प्रार्थना गर्दछु उहाँले सुन्नु हुन्छ। 
4 यदि तिमीहरूलाई केही कुराले विरक्त पार्दा रीस उठ्न सक्छ, तर पाप चाँहि नगर। 
जब तिमी सुत्न जान्छौ तब ती कुराहरू सोच र निदाऊ। 
5 परमप्रभुलाई पवित्र बलिदानहरू चढाऊ, 
र उहाँमा भरोसा राख। 
6 धेरै मानिसहरूले भन्छन्, “हामीलाई कसले परमेश्वरको भलाई देखाऊला? 
हे परमप्रभु, तपाईंको प्रज्वलित अनुहार हामीलाई देखाउनु होस्!” 
7 हे परमप्रभु, तपाईंले मलाई खुशी बनाउनु भयो। 
तपाईंले मलाई अन्न बाली काट्ने उत्सव भन्दा पनि ज्यादा खुशी दिनु भयो। 
जब हामीसंग प्रचुर मात्रमा अन्न र दाखरसहरू थिए। 
8 जब म ओछ्यानमा जान्छु र मस्तसँग निदाउँछु। 
किनभने, परमप्रभुले मलाई सुरक्षित निदाउन दिनुहुन्छ। 
