46
प्रमुख संगीतकारलाई। अलामोतद्वारा* गाउने कोरह परिवारहरूको एउटा भजन। 
1 परमेश्वर हाम्रो बलको भण्डार हुनुहुन्छ। 
संकटको बेला उहाँबाट हामी सधैं सहयोग पाउन सक्छौं। 
2 यसैकारण भुइँचालो आए ता पनि 
पर्वतहरू समुद्रको गर्भमा झरे तापनि हामी डराउँदैनौ। 
3 हामी भयग्रस्त छैनौं जब समुद्र आँधीले अन्धकार हुँन्छ 
र पर्वतहरू र्थकिन्छन। 
4 त्यहाँ एउटा नदी छ जसको धाराले 
सर्वोच्च परमेश्वरको पवित्र शहरमा आनन्द ल्याउँछ। 
5 परमेश्वर त्यस शहरमा हुनुहुन्छ यसैले यो कहिल्यै नाश हुने छैन। 
घाम उदाउनु अघिनै परमेश्वर साथ दिन त्यहाँ हुनुहुन्छ। 
6 जब परमप्रभु कराउनु हुनेछ अनि पृथ्वी टुक्रिने छ। 
प्रत्येक जाति डरले काम्ने छन् अनि ती साम्राज्यहरू धराशायी हुनेछन्। 
7 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। 
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। 
8 परमप्रभुले गर्नुभएको ती शक्तिशाली कामहरूलाई हेर। 
उहाँले पृथ्वीमा गर्नु भएको डरलाग्दा कार्यहरू हेर। 
9 परमप्रभुले पृथ्वीमा कतैपनि युद्धहरू रोक्न सकनु हुन्छ। 
उहाँले सिपाहीहरूका धनु भाँच्न सक्नु हुन्छ, 
तिनीहरूका भालाहरू छरपस्ट पारेर तिनीहरूका ढालहरू जलाई दिनुहुन्छ। 
10 परमेश्वर भन्नुहुन्छ, “लडाइँ रोक, म नै परमेश्वर हुँ भनेर जान! 
म जाति-जातिलाई परास्त गर्नु सक्छु, 
म संसारलाई अधीनमा राख्न सक्छु!” 
11 सर्वशक्तिमान् परमप्रभु हामीसँग हुनुहुन्छ। 
याकूबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ। 
* 46:  अलामोतद्वारा एक किसिमको भजन हो। यो वाद्य-बाजा पनि हुनसक्छ वा बिशेष ताल वा स्केल पनि हुनसक्छ।
