47
प्रमुख संगीतकारलाई: कोरह परिवारहरूको भजन। 
1 हे सारा मानिसहरू हो ताली बजाऊ। 
परमेश्वर तिर आनन्दमय भएर चिच्याऊ! 
2 सर्वशक्तिमान् परमप्रभु भय योग्य हुनुहुन्छ। 
सारा पृथ्वीभरि नै उहाँ महान् राजा हुनुहुन्छ। 
3 अन्य मानिसहरूलाई पराजित गर्न हामीलाई साथ दिनुभयो, 
उहाँले ती जातिहरूलाई हाम्रो अधीनमा राख्नु भयो। 
4 परमेश्वरले हाम्रो निम्ति जग्गा रोजी दिनु भयो। 
उहाँले त्यो अचम्मको जग्गा याकूबको निम्ति रोज्नु भयो जसलाई उहाँले मन पराउनु भएको थियो। 
5 नरसिंह र तुरहीको आवाजमा, 
जयजयकार साथ उहाँ आफ्नो सिंहासनतर्फ जानुहुन्छ। 
6 परमेश्वरको स्तुति-गान गर। 
स्तुतिहरू गाऊ, हाम्रा राजाको निम्ति स्तुति-गाऊ। 
7 परमेश्वर सारा पृथ्वीको राजा हुनुहुन्छ। 
प्रशंसाको* गीतहरू गाऊ। 
8 परमेश्वर आफ्नो पवित्र सिंहासनमा बस्नुहुन्छ 
र सबै जाति-जातिहरूमाथि राज गर्नुहुन्छ। 
9 सबै जाति-जातिका शासकहरू एकार्कासित भेट गर्दछन्। 
अब्राहामका परमेश्वरको मानिसहरूसँग भेट गर्छन। 
सबै जातिका सबै शासकहरू परमेश्वरकै हुन। 
परमेश्वर ती सबैका सर्वोच्च अधिकारी हुनुहुन्छ। 
* 47:7  प्रशंसाको मूल अर्थ “मस्किल” हुन्छ। तर “मस्किल” को ठीक माने स्पष्ट छैन। तथापि प्रशंसाको गीतलाई उपासनाको भजन भनेर मानिन्छ। वा कुशलतापूर्वक लेखिएको भजन भन्ने अर्थ लाग्छ।
