53
प्रमुख संगीतकारलाई: महलथ भन्ने रागमा दाऊदको मस्किल नामक भजन। 
1 केवल मूर्खहरूले मात्र परमेश्वर छैन भनेर सोच्दछन्। 
त्यस्ता मानिसहरू भ्रष्ट, दुष्ट, धूर्त हुन्छन्, 
अनि तिनीहरूले कहिल्यै राम्रो काम गर्दैनन्। 
2 त्यहाँ साँच्चै नै परमेश्वर हामी तर्फ नै स्वर्गबाट हेरिरहनु भएको छ। 
परमेश्वरले ज्ञानी पुरूषहरूलाई खोजिरहनु भएको छ, 
जसले परमेश्वरलाई नै खोजिरहेछन्! 
3 तर प्रत्येक जन परमेश्वर देखि विमुख भएका छन्। 
प्रत्येक मानिस कपटी छन्। 
कसैले पनि राम्रो काम गर्दैन। 
एकजना पनि राम्रो काम गर्ने मानिस छैन! 
4 परमेश्वर भन्नुहुन्छ, “निःसन्देह ती दुष्ट मानिसहरूले सत्य जान्दछन्। 
तिनीहरूले मलाई प्रार्थना गर्दैनन्। 
दुष्ट मानिसहरू मेरो भक्तजनहरूलाई ध्वंश पार्न उनीहरूको खाना खान जतिकै तयार छन्।” 
5 तर ती दुष्ट मानिसहरू भयग्रस्त हुनेछन् 
त्यस्तो पहिले किहल्यै भएका-थिएनन्! ती पापीहरू इस्राएल का शत्रुहरू हुन्। 
परमेश्वरले त्यस्ता पापीहरूलाई रद्ध गर्नु भएको छ। 
यसैले परमेश्वरका मानिसहरूले तिनीहरूलाई परास्त पार्नेछन्, 
अनि परमेश्वरले तिनीहरूको हाडहरू छिन्न-भिन्न पारिदिनु हुनेछ। 
6 म इच्छा गर्छु परमेश्वरले सियोन पर्वतमाथि 
इस्राएल को निम्ति विजय ल्याउनु हुनेछ। 
त्यही बेला परमेश्वरले आफ्ना भक्तजनहरूलाई निर्वासनबाट फर्काई ल्याउनु हुनेछ। 
याकूब प्रफुल्लित हुनेछ। 
इस्राएल आनन्दले ओतप्रोत हुनेछ। 
