57
प्रमुख संगीतकारलाई: “ध्वंश नगर” भन्ने रागमा। जुन समय दाऊद ओडारमा शाऊलबाट भागे। दाऊदको मिक्तम् भन्ने भजन। 
1 हे परमेश्वर, मप्रति कृपालु हुनु होस्। 
दयावान हुनुहोस् किनभने म तपाईंको शरणमा आएकोछु। 
जबसम्म कष्ट हराँउदैन, 
म तपाईंको संरक्षणमा छु। 
2 म सर्वोच्च परमेश्वरलाई उहाँको सहयोगको निम्ति प्रार्थना गर्दछु 
अनि परमेश्वरले पूर्णतः मेरो हेरचाह गर्नुहुन्छ! 
3 स्वर्गबाट उहाँले मलाई साथ दिनुहुन्छ 
र बचाउँनु हुन्छ। 
उहाँले मलाई सताउने मानिसहरूलाई परास्त गर्नुहुन्छ। 
परमेश्वरले मप्रति आफ्नो स्नेहपूर्ण करूणा प्रकट गर्नुहुनेछ। 
4 मेरो प्राण विपदमा छ। 
मेरा शत्रुहरू चारैतिर छन्। 
तिनीहरू तीखा भालाहरू र काँडाहरू जस्ता दाँत 
अनि तरवार जस्तो धारिलो जिब्रो लिएर 
मानिसहरूलाई सिंहहरू जस्तो गर्जनछन्। 
5 परमेश्वर, तपाईं स्वर्गभन्दा पनि उच्च हुनुहुन्छ। 
तपाईंको महिमा पृथ्वी ढाकिएर फैलिन्छ। 
6 मेरा शत्रुहरूले मलाई 
पासोमा पार्ने चेष्टा गरिरहेका थिए। 
तिनीहरूले मलाई 
फन्दामा पार्न चेष्टा गरिरहेका छन्। 
7 हे परमेश्वर, म तपाईंमा भरोसा राख्छु, जे हुन्छ त्यसको निम्ति म तयार छु। 
म गाउनेछु अनि तपाईंको प्रशंसाको निम्ति बाजा बजाउँछु। 
8 हे मेरो प्राण जाग! 
वीणा र सितार घन्काएर संगीत प्रारम्भ गर! 
प्रभात फेरि लगाऊ। 
9 हे मेरा स्वामी, म सबैको अघि तपाईंको प्रशंसा गर्छु। 
प्रत्येक जाति समक्ष तपाईंको विषयमा म स्तुति-गान गर्छु। 
10 तपाईंको स्नेहपूर्ण करूणा 
आकाश माथि-माथि भएको बादलहरूको उचाई भन्दा उच्च छ। 
11 हे परमेश्वर तपाईं स्वर्गभन्दा पनि सर्बोउच्च हुनुहोस्। 
उहाँको महिमाले सारा पृथ्वीलाई ढाक्नदेऊ। 
