58
प्रमुख संगीतकारलाई: “ध्वंश नगर” रागमा। दाऊदको मिक्तम् भन्ने भजन। 
1 हे न्यायकर्त्ताहरू, तिमीहरूको निर्णयमा पक्षपात रहित छैनौ। 
तिमीहरूले मानिसहरूलाई उचित न्याय दिएकै छैनौ। 
2 होइन, तिमीहरू दुष्ट्याँई कामहरू गर्नलाई मात्र सोच्दछौ। 
तिमीहरू घोर अपराधहरू मात्र यस भूमिमा गर्दछौ। 
3 ती दुष्टहरूले जन्मने बित्तिकै गल्ती कार्यहरू गर्न जान्दछ। 
तिनीहरू जन्मैदेखि झूटो बोल्न थाल्दछन्। 
4 तिनीहरूको क्रोध सर्पको विष* जस्तै डरलाग्दो छ। 
साँबे सर्प जस्तै तिनीहरूले सुन्न सक्तैनन् अनि तिनीहरूले सत्य कुरा सुन्न अस्वीकार गर्छन्। 
5 साबे सर्पले सम्मोहन गर्ने गीतहरू सुन्न सक्तैन। 
अनि ती पापीहरू त्यस्तै प्रकारले दुष्ट योजनाहरू तयार गरिरहेका हुन्छन्। 
6 हे परमप्रभु, ती मानिसहरू सिंहहरू जस्ता हुन्छन् 
यसैले परमप्रभु, तिनीहरूका दाँतहरू भाँची दिनुहोस्। 
7 तिनीहरू नालीका पानी जस्तै सुकेर बिलाउँदै जाऊन्। 
तिनीहरू बाटोमा कुल्चिइने जंगली झारहरू झैं होऊन। 
8 तिनीहरू घस्रँदा-घस्रँदै विलाई जाने चिप्ले कीरा जस्तै होऊन्। 
तिनीहरूले जन्मनु अघि नै मरेको शिशु जस्तो कहिल्यै दिनको उज्यालो देख्न नपाऊन। 
9 तिनीहरू तातो भाँडामा जलेर चाँडै खरानी हुने, काँडाहरू 
जस्तै चाँडो भन्दा चाँडो विनाश होउन्। 
10 जब दुष्ट मानिसले सजाय पाएको देख्छ 
तब धार्मिक मानिस खुशी हुन्छ। 
उ सबै शत्रुहरूलाई परास्त गर्ने 
सिपाही जस्तो हुनेछ। 
11 तब मानिसहरूले भन्ने छन्, “निश्चयनै धार्मिक मानिसहरू पुरस्कृत हुनेछन, 
परमेश्वरले निश्चयनै संसारमा न्याय गर्नुभयो।” 
* 58:4  तिनीहरूको … विष यो शब्द हिब्रूमा प्रचलन छ। “क्रोधको” पयार्यवाची रूप नै “विष” हो।
