98
एउटा भजन-प्रशंसाको गीत। 
1 परमप्रभु प्रति नयाँ गीत गाऊ 
किनभने उहाँले नयाँ र छक्क पार्ने कुराहरू गर्नुभयो। 
उहाँको पवित्र दाहिने पाखुराले 
उहाँलाई फेरि विजय तुल्यायो। 
2 परमप्रभुले आफ्नो बचाउने शक्ति जातिहरूलाई देखाउनु भयो। 
परमप्रभुले आफ्नो धार्मिकता तिनीहरूलाई देखाउनु भयो। 
3 उहाँका भक्तजनहरूले इस्राएल का मानिसहरू प्रति परमेश्वरको विश्वास सम्झिए। 
सुदूर ठाउँमा भएका मानिसहरूले हाम्रो परमप्रभुको रक्षा गर्ने शक्ति देखे। 
4 हे पृथ्वीमा भएका प्रत्येक मानिसहरूले, परमप्रभु प्रति खुशीले हल्ला गर। 
प्रशंसाको गीत गाउन प्रारम्भ गर! 
5 परमप्रभुको प्रशंसा वीणा बजाएर गर। 
वीणाबाट निस्केको संगीतले, उहाँको प्रशंसा गर्दछ। 
6 तुरही र कर्णालहरू बजाऊ, 
अनि परमप्रभु हाम्रो राजा प्रति चिच्याउँदै प्रशंसा गर। 
7 समुद्र र त्यहाँ भएका प्रत्येक कुराले, 
पृथ्वी र त्यसमा भएका प्रत्येक कुराले जोडले गाओस्। 
8 हे नदीहरू, आफ्ना हातहरूले थप्पडी मार! 
पर्वतहरू सबै एकैसाथ आनन्दको गीत गाऔं। 
9 परमप्रभुको सम्मुख गाऊ 
किनभने उहाँ संसारमा राज गर्न आइरहनु भएको छ। 
उहाँले संसारमा न्यायपूर्वक राज गर्नु हुनेछ। 
उहाँले धार्मिकतासित मानिसहरूमाथि राज गर्नुहुनेछ। 
